चलचित्र निर्माण गर्दै रामकृष्ण ढकाल
काठमाडौं । गायक रामकृष्ण ढकालले चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मालती मंगले’ निर्माण गर्न लागेका हुन् । यो चलचित्रलाई प्रकु पाण्डे (प्रकाश)ले लेखन तथा निर्देशन गर्ने छन् । चलचित्रका कार्यकारी निर्मातामा सागर ज्ञवाली छन् । यसअघि ढकालले चलचित्र ‘आशीर्वाद’मा अभिनय गरिसकेका छन् ।
उक्त चलचित्रमा रामकृष्णको जीवन यात्रासँग सम्बन्धित कथा समेटिएको थियो । यो चलचित्रमा पनि उनी आफैँ अभिनय गर्छन् वा गर्दैनन् भन्ने दर्शकमा कौतुहल छ । यसबारे उनले केही जानकारी दिएका छैनन् । निर्माण टिमले चलचित्रका कलाकार र प्राविधिकहरूको बारेमा कुनै जानकारी दिएको छैन ।