नेविसंघमा शेखर पक्षको चितवनबाट विद्रोह, तामाङ अध्यक्ष चयन

काठमाडौं । नेपाल विद्यार्थी संघमा शेखर कोइराला पक्षले चितवनबाट विद्रोह थालेको छ । केन्द्रीय नेतृत्वले जिल्ला अधिवेशन खुला नगर्दै शेखर पक्षले अधिवेशन थालेको हो । नेविसंघ केन्द्रले अधिवेशन घोषणा नगर्दा जिल्ला नेतृत्वविहीन बनेको भन्दै चितवनमा दिनेश तामाङको नेतृत्वमा कार्यसमिति बनाएर विद्रोह अघि बढाएको हो । यसअघि तनहुँ, कास्की, रूपन्देहीसहितका जिल्लामा समानान्तर कार्यसमिति घोषण भएका थिए । चितवनमा भने राजन दाहाल केन्द्रीय सदस्य भए पनि जिल्लामा उनले नै कार्यवाहकको भूमिका निर्वाह गर्दै आएका थिए ।

बुधबार नेविसंघ चितवनको सहिदस्मारक कलेजमा भेला गरी तामाङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य दाहालले जानकारी दिए । नेविसंघमा शेखर पक्षले केन्द्रदेखि नै विद्रोह गरी देशभर समानान्तर कार्यसमिति बनाउने घोषणा गरिसकेको छ । केन्द्रीय सदस्य प्रेमिका रानासहितका नेताहरूको समूहले अध्यक्ष दुजाङ शेर्पाको कार्यशैली र निर्णय प्रक्रियामा प्रश्न उठाउँदै विद्रोहको घोषणा गरेको हो । नेविसंघमा महामन्त्री शेखर पक्ष र संस्थापन पक्ष भने मिलेर काम गरिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *