सुनको मूल्य तोलामा दुई हजार ३ सयले बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा बिहीबार सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।