ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा राष्ट्रियसभा वृद्धाश्रम हो भन्ने टिप्पणीप्रति राष्ट्रियसभाद्वारा खेद प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रियसभाप्रति गरेको टिप्प्णीप्रति आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरूले सांसद शाहीले सामाजिक सञ्जालमा राष्ट्रियसभा वृद्धाश्रम हो भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि सभाले खेद प्रस्ताव पारित गरेको हो । शाहीले मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पारित गरेको भन्दै राष्ट्रियसभा नै वृद्धाश्रम भएको टिप्पणी गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी कपोकल्पित, झुट र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाहीप्रति अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गरेको बताए । सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गरेको देखिएको भन्दै अध्यक्ष दाहालले उक्त अभिव्यक्तिप्रति खेद प्रकट गरे । उनले आगामी दिनमा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निर्देशन समेत दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *