पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमकाअनुसार पेट्रोलको भाउ प्रति लिटर एक रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेल प्रति लिटर ४ रुपैयाँले घटेको छ।

समायोजित मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६५ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ ,भने, दोस्रो र तेस्रो वर्गमा क्रमश १६७ र १६८ रुपैयाँ प्रति लिटर कारोबार हुनेछ। त्यस्तै, डिजेल र मट्टीतेल प्रति लिटर ४ रुपैयाँले बढेर अब पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ । भने, दोस्रो र तेस्रो वर्गमा क्रमश १५५ रुपैयाँ र १५६ रुपैयाँमा कारोबार हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *