राष्ट्रपति अर्थमन्त्री र मेयरको अवस्था बुझ्न अस्पतालमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् ।

बर्न अस्पतालको सघन उपचारकक्ष (आईसीयू)मा अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचाररत छन् । शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् । बेलुनमा पोखरा भ्रमण वर्ष, २०२५ लेखिएको थियो । अर्थमन्त्री पौडेलको टाउको, घाँटी र गालामा आगोले भेटेको थियो । मेयर आचार्यको गालामा आगोको लप्काले भेटेको थियो । पोखरामा सामान्य उपचार गरिएको थियो । शनिबारै उनीहरूलाई थप उपचारका निम्ति काठमाडौं ल्याइएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *