राष्ट्रियसभाबाट नवीकरणीय उर्जा तथा दक्षतासम्बन्धी विधेयक पारित
काठमाडौं । नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकले विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । बैठकमा सरकारको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधेयक प्रस्तुत गरेका थिए ।
उक्त विधेयकमाथि सांसदहरूले छलफल गरेका थिए । सांसदहरूको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।