हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले उक्त साधारण सभा फागुन २७ गते बिहान ११ बजे अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको छ, जसअनुसार फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
यस साधारण सभामा, कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु २ अर्ब ५० करोड १ लाखको ८.७५ प्रतिशत अर्थात् रु २१ करोड ८७ लाख नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, र अन्य नियमित एजेन्डाहरूमा छलफल हुनेछ।