अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौँ । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् ।
अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । बेलुन पड्किदा घाइते भएका अर्थमन्त्री पौडेललाई किर्तिपुरस्थित बर्न अस्पतालले आज डिस्चार्ज गर्एको छ । अस्पतालले अपडेट दिदै अर्थमन्त्री पौडेलको जलेको घाउ निको हुदै गएकोले आज डिस्चार्ज हुने बताएको हो । त्यस्तै पोखरा महानगरका प्रमुख धनराज आचार्यको भने कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी रहने छ । आचार्य उच्च रक्तचापको विरामी समेत भएकाले उनको अस्पतालमा केहिदिन थप उपचार हुने अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन् ।
गत शनिवार पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि मन्त्री पौडेल र मेयर आचार्यको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि हेलिकप्टरबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो ।