ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

वाग्मती । सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१।८२ को सात महिनामा ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरेको छ । कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ रुपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी र राडर गनबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८१र८२ को सात महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । यस्तै सो अवधिमा वाग्मती प्रदेशको १० वटा जिल्लामा भएको एक हजार २५६ सवारी दुर्घटनामा १७० जनाको मृत्यु भएको छ । ४६३ जना घाइते भएको सो कार्यालयले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिना हेलमेट र तीनजना सवार भएर मोटरसाइकल चलाउने प्रवृति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमासमेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *