नेपाली बजारमा आज प्रतितोला १२ सय रूपैयाँ बढ्यो सुनको भाउ
काठमाण्डौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ बढेको छ। आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।