नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
आज सुन तोलामा १२ सय रुपैयाँ बढेको छ । सु्नको मुल्य बढेसँगै तोलाको एक लाख ६८ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस अघि आइतबार सुन तोलाको एक लाख ६७ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।