एमसीसीअन्तर्गतका आयोजना पनि रोकिने
काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत भएका आयोजना रोकिने भएका छन् । एमसीसीले गएको शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको हो । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा कम्प्याक्टअन्तर्गत कार्यन्वयन गर्ने सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपतिको गएको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको जानकारी नेपाल सरकार अर्थ मन्त्रालयलाई पठाएको हो ।