सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, हरेक नेपालीको टाउकोमा ८८ हजारको ऋणभार

काठमाडौं । सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार अघिल्लो असारको तुलनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले ऋण बढेको छ । यो ऋण दायित्व कुल ग्राहस्थ्य उत्पादनको ४५.७७ प्रतिशत हुन पुगेको पनि तथ्यांकले देखाएको छ । सरकारको अन्तर्राष्ट्रिय ऋण दायित्व १३ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको यस्तो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को माघ महिनासम्म सरकारले २ खर्ब ९० अर्ब रुपैयाँ ऋण प्राप्ति गरेको छ । यस्तो ऋणमा आन्तरिक ऋण २ खर्ब २९ अर्ब र बाह्य ऋण ६१ अर्ब रुपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ । हाल नेपालको जनसंख्या करिब २ करोड ९६ लाख पुगेको छ । यो जनसंख्याको तथ्यांक अनुसार माघसम्ममा सरकारले लिएको ऋणसँग तुलनामा गर्दा प्रति नेपाली ऋणकोभार ८८ हजार रुपैयाँ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *