१५ खर्ब लगानी रहेको जलविद्युत् क्षेत्र अन्योलको अवस्थामा छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् उत्पादकलाई हात बाँधेर राखिएको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना , लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रियामा अध्यक्ष कार्कीले १५ खर्ब रुपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताए । सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार ५०० विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ । यसका लागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान रहेको उनको भनाइ छ । नेपाली उर्जा उत्पादकहरूले एक मेगावाटबाट सुरु गरेर अहिले क्षमता बढाएर १०० देखि २०० मेगावाटका परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए ।

उनले ठूला आयोजनाका लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने धारणा राखे । संसदीय समिति र धितोपत्र बोर्डका कारण सर्वसाधरणलाई दिने सेयर रोकिएको कार्कीको भनाइ छ । सरकारले १० प्रतिशत सेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था गरेको छ, अध्यक्ष कार्कीले भने, स्थानीयले सेयर किन नदिएको भनी उत्पादकहरूको गाडी फुटाउन थालेका छन् । धितोपत्र बोर्डले आईपीओ स्वीकृत नगरेसम्म उत्पादकले त सेयर दिन सक्दैनौँ । लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै उनले अब समितिले नै उक्त निर्णय सच्चाउनु पर्ने बताए । संघीय संसद्कै लेखा समिति र अर्थ समितिबीच नै मत बाझिएको छ, कार्कीले भने, हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *