एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौ । एनएमबि क्यापिटलले निष्कासन गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल–२ को इकाईमा आवेदन दिने भोली अन्तिम दिन हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाई बिक्रीमा ल्याएको छ । फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल–२ १० वर्षे बन्दमुखीे योजना हो । यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा तुलानात्मक रुपामा कम जोखिम हुने गर्दछ ।

फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाइने छ । फण्डले १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरेको हो । फण्डमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *