भ्रष्ट नेताहरुले देश लथालिंग बनाए- ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शीर्षकका सहयोग रकमको स्पष्ट हिसाब खोज्नुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले नेपालमा संघीयताको नाममा आएको रकमबारे छानबिन गर्नुपर्ने बताएका हुन् । उनले अमेरिकाबाट लिइएको सहयोगबारे अमेरिकाकै राष्ट्रपतिले भ्रष्टाचारको आरोप लगाएकाले यसको सत्य तथ्य सार्वजनिक हुनुपर्नेमा जोड दिएका छन्। ‘नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी रकम भित्र्याउन पाइँदैन । त्यसैले गभर्नरलाई समितिमा बोलाएर विस्तृत रिपोर्ट माग्नुपर्छ,’ उनले भने।

सांसद शाहीका अनुसार हालै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई ‘भ्रष्ट देश’ को संज्ञा दिएका छन् । ‘संघीयताको नाममा आएको २० मिलियन अमेरिकी डलर ९आजको विनिमय दर अनुसार २ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ० र जैविक विविधता संरक्षणका लागि आएको १९ मिलियन डलर ९२ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ० भ्रष्टाचारमा गयो भनेर ट्रम्पले नै भनेका छन्,’ शाहीले उल्लेख गरे।

सांसद शाहीले एमसीसी परियोजनामा समेत आर्थिक अपचलन भएको आरोप लगाउँदै नेपाली रकम पनि त्यसमा समावेश भएकाले जवाफ देही तय गर्नुपर्ने धारणा राखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *