म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । किर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै म्यानमारले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा थप एक गोल गर्‍यो ।

म्यानमारले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ । म्यानमारलाई लगातार जित दिलाउन योन वादी र मे हिइत लुले समान दुई गोल गरे । सानदार लिनले एक गोल थपे । सुरुआतदेखि नै म्यानमारले खेलमा दबदबा कायम राखेको थियो।

पहिलो खेलमा कीर्गिस्तान नेपालसँग १-० ले पराजित भएको थियो । आजको दोस्रो खेल नेपाल र लेबनानबीच हुनेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेलमा जित निकालेको खण्डमा नेपालले फाइनलमा यात्रा तय गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *