केबलकार निर्माण विवादमा सरकारले आन्दोलनकारीलाई पुन: वार्तामा बोलायो
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलन गरिरहेको समूहलाई सरकारको वार्ता टोलीले पुन: संवादमा आउनको लागि आव्हान गरेको छ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै आन्दोलनरत समूहलाई समस्या समाधानका लागि वार्तामा सहभागी हुन आग्रह गरेका छन् । सरकारले केबलकार निर्माणसँग सम्बन्धित समस्याहरू र विवादहरूको समाधानका लागि माघ २० गते भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।
‘नो केबलकार’ समूहले पनि अमर तुम्हाङ्गको संयोजकत्वमा आफ्नो वार्ता समिति गठन गरेको छ । दुबै पक्षबीच २-३ चरणमा वार्ता भए पनि समाधान निकालेको छैन।
