कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ। तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचनद्वारा प्रदान गरिएको थियो। तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो। डा. हिराचनले क्यान्सरका प्रारम्भिक लक्षणहरू, जस्तै स्तनमा गाठा, स्तनमा साना,साना पोर्स, स्तनमा कोठी जस्ता देखिने बारेमा जानकारी दिँदै, समयमै परीक्षण र उपचार गरिएमा स्तन क्यान्सर सफलतापूर्वक निको हुन सक्ने कुरा स्पष्ट पारे। स्तन क्यान्सर केवल महिलामा मात्र नभई पुरुषहरूमा पनि देखिन सक्ने समेत तिमीलाई जानकारी गराइएको थियो।

यदि प्रारम्भिक चरणमै स्तन क्यान्सर पहिचान गरिएर उपचार सुरु गरिने हो भने यो रोग पूर्ण रूपमा निको पार्न सकिने सम्भावना धेरै रहने जानकारी पनि गराइएको थियो। तालिमको क्रममा बैंकका क्यान्सर विजेता कर्मचारीहरूले आफ्नो जीवनका अनुभवहरू सुनाउँदै सबैलाई हरेक ५ ६ महिनामा स्तन क्यान्सरको नियमित परीक्षण गराउन समेत प्रेरित गरे। उनीहरूले आफ्नो परिवार र आफन्तजनको माया र उच्च मनोबलले रोगलाई जित्न उत्प्रेरित गरेको पनि बताए। कामना सेवा विकास बैंकले यस्ता स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्ने जनाएको छ। यस्ता कार्यक्रमहरूले तिम्रो मात्र होइन, सम्पूर्ण समाजमा क्यान्सर सम्बन्धी सचेतना फैलाउन र यसप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ। डा. हिराचन एक अनुभवी कन्सल्टेन्ट ब्रेस्ट अंकोसर्जन हुन्। डा. हिराचन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, प्रिमेरा अस्पताल तथा नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँग आबद्ध छन्। ब्रेस्ट र थाइराइड अंकोसर्जरीमा १४ वर्षभन्दा बढीको विशेषज्ञ अनुभवका साथ ब्रेस्ट क्यान्सर बिरामीको जीवनदर सुधारमा महत्वपूर्ण प्रभाव पारेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *