नेपालमा टाटा कर्भ ईभीको मुल्य सार्वजनिक

काठमाडौं । टाटाको एययूभी कर्भ ईभी नेपालमा सार्वजनिक भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कार सार्वजनिक गर्दै मूल्य पनि घोषणा गरेको हो । नेपालमा कर्भको टप भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भारतमा कर्भ ईभीको पाँच भेरियन्ट उपलब्ध छ । टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई रङको इन्टेरियर छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । एलईडी लाइटिङ, टच बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ छ ।

कम्पनीले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम छ । हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् । अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ । ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ । ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ । सिप्रदीका अनुसार नेपालमा टप भेरियन्टको कर्भको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *