प्रधानमन्त्री ओलीले आज आफ्नो ७४औं जन्मदिन मनाउँदै

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् ।

जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,- ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन । आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’

ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा भएको थियो । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन् । उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बनेदेखि लगातार पार्टीको अध्यक्ष छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *