सिटिजन लाइफको २८.४० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले सेयरधनीहरूलाई २८.४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८ प्रतिशतका दरले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशतका दरले ५ करोड ५९ लाख २१ हजार रुपैयाँ नगद गरी कुल २८.४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी ८औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *