काँग्रेसका नेता तथा कार्यकर्ता माथि अब अन्याय हुन दिन्न- नेता कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
काँग्रेसको राप्ति सोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा. कोइरालाले काँग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् । नेता डा. कोइरालाले थपे-’ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् ।’ सबै तहका काँग्रेस कार्यकर्ताहरू पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए ।
व्यक्ति बलियो होइन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताएका छन् ।