सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नभनेर सशस्त्र सुरक्षा बल नेपाल भन्न सकिने उनको आग्रह छ ।

आज (सोमबार) प्रतिनिधि सभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१, माथिको छलफलमा उनले यस्तो बताएका हुन् । ‘हामी यसलाई अर्ध सैनिक बल भनिराख्या छौँ भने यो प्रहरी भन्ने शब्द यहाँ मिल्दैन कि ?’ उनले भने । यद्यपि, यसलाई संविधानबाट नै हेर्नुपर्ने हुन सक्ने उनले बताए ।

‘यदि हामीले जब अर्ध सैनिक भन्छौँ भने यसलाई सशस्त्र सुरक्षा बल नेपाल मात्रै पनि भन्न सकिन्छ’ सांसद भट्टराईको प्रस्ताव छ । प्रहरी राख्दा दुई वटा प्रहरी संगठन जस्तो देखिएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *