काठमाडौं महानगरमा प्रशाकीय अधिकृत नपठाएकोमा सांसदको आक्रोश

काठमाडौँ । सांसद ज्ञानबहादुर शाहीले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौँ महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् । 

आज (मंगलबार) प्रतिनिधिसभाको आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी, शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताए । नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगर प्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न उनले चुनौती दिए ।

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मेयर बालेन्द्र साह बालेनले सरकारलाई पत्र पठाएको झन्डै दुई महिना भइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *