नेपाली-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बस्ने
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) को उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकमा सरकार सञ्चालनका विषय र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, साथै संयन्त्रमा सम्लग्न दुवै दलका अन्य शीर्ष नेताहरू सहभागी हुने छन्।