साँचो मायाँ मित्रभाव
ए साथि भनन मलाई
जानेछौ तिमी कता
बुझन बुझ तिमिले
मेरो मायाँ अब त ।१
साँचो छ मायाँमा भनि
झुकेथें म सोदिन
सत्यथा छ ममा बुझ त
लुकेंथे म त्यो छिन ।२
मायाँको भावमा किन
मित्र लुकाउन खोज्यौ
सत्यता मनको चोखो
हासिं झुकाउन सोच्यौ ।३
बालापनमा खेल्या कुरा
कसरि भुल्यौनि आज
दुख सुख भुल्नु हुन्न
नमानेर भन्छु लाज ।४
सपना त थियो हाम्रो
तर दुख हाम्रा लागि
पढाईमा अब्बल हैन
पर्थ्यौ नजर राम्रा लागि ।५
अन्नपात मेलापात
जानू पर्थ्यो कहिले कहिं
हाम्रा लागि सधैं हुन्थो
दुख जोह गरौ यहिं ।६
मित्रताको आड थियो
उमेरको परिपक्व
हरपल याद हुने
उनको मलाई सधै झल्को ।७
जवानिमा हाम्रो आधार
जबजब बढदै गयो
हामी दुईको मित्रतामा
मायाँ आघात चढदै गयो ।८
डुल्न भुल्न सकिएन
हाम्रो मायाँ छाया बन्यो
नजरनै उतै हेर्ने
नहेरुत हेरुं भयो ।९
बिस्वासले घेरा हाल्यो
तर माया फक्रिएन
दिल भित्र मात्र रह्यो
मायाँ किन उम्रिएन ।१०
भावनामा अल्झिएर
सोच हाम्रो मोडिदैगो
अन्तरआत्मा हाम्रा लागि
तल्लिन माया छोडिदैगो ।११
नत उनी बोल्न सक्थिन
नत मनै बोल्न सक्थे
मन भित्र कुठाराघात
गरि किन खोल्न सक्थें ।१२
भित्र भित्रै हाम्रो मन
कता कता जलि रह्यो
दिल भित्रको माया हाम्रो
त्यसै त्यसै गलि गयो ।१३
सपनाका बाधाहरु
कतावाट कस्ले लग्यो
हामि दुईको मिलनमा
बाधा अड्चन त्यसै भयो ।१३
भाविरुप सोच्ने ठाउँ
बनेको छ त्यो सामना
मित्र मायाँँ रहोस सधै
शुभरहोस् दिल भावना ।१४