कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ । अब ग्राहकले बैंकमा भौतिक रुपमा उपस्थित नभई मोबाइल एप, के.एस. आई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्ने छन् । ग्राहकले बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर मुद्दती खाता खोल्न व्यवस्था ल्याएको हो ।

के एस आइ मोबाइल बैंकिङमा लगइन गरी पिक्स्ड् डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिने छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *