नेपाली कांग्रेसका ५५ विभागले नेतृत्व पाए
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष नाघिसकेको छ । १५औँ महाधिवेशनको चहलपहल सुरु भइसक्दा पनि कांग्रेसका कतिपय विभाग गठन नै हुन सकेका छैनन् । ६९ विभागमध्ये ५५ विभाग गठन भइसक्दा १४ विभाग अझै गठन हुन बाँकी छन् । पार्टीको ०७५ सालमा भएको महासमिति बैठकबाट संशोधित विधानमा २८ विभागको संख्यालाई बढाएर ४८ पुर्याइएको थियो । तर, नेपाली कांग्रेसले पुनः केन्द्रीय समितिको निर्णयबाट विभागको संख्या बढाउँदै ६९ कायम गरेको हो । महामन्त्री गगन थापाले विभागको संख्या बढाएर ७२ पुर्याउन गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेको थियो । तर, पारित भएकामध्ये पनि केही विभाग उस्तै भएपछि मर्ज गरेर ६९ कायम गरिएको पार्टी कार्यालयका सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । नेपाली कांग्रेसको संशोधित विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग र समिति गठन गरिसक्नुपर्छ । तर, कांग्रेसले केही विभागबाहेक गठन नै नगरी ०७८ साल मंसिरमा १४औँ महाधिवेशन सम्पन्न गर्यो । त्यसपछि केन्द्रीय समितिले विभागको संख्या नै बढाएपछि कांग्रेसले विभागको विस्तार सुरु गरेको हो । त्यसबेला तत्कालै सबै विभाग गठन गर्ने भनिए पनि यसै वर्षको साउन २३ देखि भदौ १६सम्म भएको केन्द्रीय समिति बैठक आसपासदेखि मात्र विभाग गठनको प्रक्रियाले तीव्रता पाएको हो । पार्टी कार्यालयका सचिव दुलालका अनुसार सबै विभागको कार्य क्षेत्राधिकार (टीओआर) निर्माण भइसकेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा निर्माण भएको टिओआरलाई अन्तिम रूप दिएर परिपत्र गर्ने तयारी भएको हो ।
यी हुन गठन भइसकेका ५५ विभाग र संयोजक
१. अभिलेख, अनुगमन तथा मूल्यांक विभाग – मानबहादुर विश्वकर्मा
२. सामाजिक संघ संस्था समन्वय विभाग – अर्जुनप्रसाद जोशी
३. प्रदेश समन्वय विभाग – कृष्णचन्द्र नेपाली पोखरेल
४. महिला विभाग – पुष्पा भुसाल
५. सूचना सञ्चार तथा प्रचार विभाग – मीनबहादुर विश्वकर्मा
६. राज्य प्रशासन विभाग – गोविन्द भट्टराई
७. वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग – कल्याणकुमार गुरुङ
८. उद्योग तथा व्यापार विभाग – चीनकाजी श्रेष्ठ
९. सहकारी विभाग – देवेन्द्रराज कँडेल
१०. पेसागत तथा बुद्धिजीवी विभाग – डा. डिला संग्रौला
११. तराई–मधेश समन्वय विभाग – किरण यादव
१२. दलित समुदाय समन्वय र सशक्तकरण विभाग – लक्ष्मी परियार
१३. धर्म–संस्कृति समन्वय विभाग – ध्यानगोविन्द रञ्जित
१४. सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग – शिवप्रसाद हुमागाईं
१५. वित्तीय संस्था समन्वय विभाग – कर्णबहादुर बुढा
१६. विपन्न उत्थान समन्वय विभाग – डा. गोपाल दहित
१७. थारू विभाग – योगेन्द्र चौधरी
१८. नेपाली जनसम्पर्क समिति समन्वय विभाग – किरणराज शर्मा पौडेल
१९. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग – कृष्णकिशोर घिमिरे
२०. ज्येष्ठ नागरिक समन्वय विभाग – गेहेन्द्र गिरी
२१. प्राकृतिक स्रोत विभाग – तारामान गुरुङ
२२. पर्यटन विभाग – आङ्गेलु शेर्पा
२३. स्थानीय तह समन्वय विभाग – मधु आचार्य
२४. निर्माण व्यवसाय समन्वय विभाग – मदनबहादुर अमात्य
२५. संघीय मामिला समन्वय विभाग – चन्द्रबहादुर केसी
२६. कानुन विभाग – मानबहादुर नेपाली
२७. खेलकुद विभाग – उमेशजंग रायमाझी
२८. शुभेच्छुक संस्था समन्वय विभाग – अब्दुल सत्तार
२९. शिक्षा विभाग – नैनसिंह महर
३०. विद्यार्थी विभाग – राजीव ढुंगाना
३१. संसदीय मामिला विभाग – गोविन्दबहादुर शाह
३२ गैरसरकारी संस्था समन्वय विभाग – डा। रणबहादुर रावल
३३. आदिवासी जनजाति विभाग – दिलमान पाख्रिन
३४. भूपू सैनिक विभाग – महेन्द्रकुमारी लिम्बू
३५. कृषि तथा किसान विभाग – उमेश श्रेष्ठ
३६. स्वास्थ्य विभाग – डा. चन्द्रमोहन यादव
३७. मुस्लिम विभाग – मैकुलाल वाल्मीकि
३८. वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग – प्रकाश रसाइली स्नेही
३९. पिछडिएको क्षेत्र समन्वय विभाग – रंगमती शाही
४०. आपूर्ति तथा उपभोक्ता विभाग – गुरु बराल
४१. श्रमिक तथा ट्रेड युनियन विभाग – हरिशरण नेपाली
४२. आर्थिक नीति तथा योजना विभाग – प्रा.डा. गोविन्दराज पोखरेल
४३. विज्ञान तथा सूचना प्रविधि विभाग – सुशीला मिश्र भट्ट
४४. जिल्ला सम्पर्क समिति समन्वय विभाग – नानु बास्तोला
४५. पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग – अजयबाबु शिवाकोटी
४६. अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग – मदनकृष्ण श्रेष्ठ
४७. भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोवास समन्वय विभाग – नृपबहादुर वड
४८. व्यवसायिक सीप विकास विभाग – गंगालक्ष्मी अवाल
४९. पूर्वआप्रवासी समन्वय विभाग – दिनेश कोइराला
५०. साहित्य, कला तथा संस्कृति विभाग – विद्यादेवी तिमिल्सिना
५१. बालबालिका तथा किशोर–किशोरी विभाग – डा. जीवन राना
५२. उद्यमशीलता र साना तथा मझौला व्यवसाय विकास विभाग – उर्मिला थपलिया
५३. नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग – लक्ष्मी खतिवडा
५४. मानव अधिकार विभाग – धना खतिवडा
५५. ऊर्जा तथा जलस्रोत विभाग – अनिलकुमार रुंगटा
यी हुन् प्रमुख नतोकिएका १४ विभाग
५६. संगठन विभाग
५७. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
५८. तरुण विभाग
५९. वन विभाग
६०. पार्टी सम्पर्क विभाग
६१. भातृ संघ समन्वय विभाग
६२. गैरआवासीय नेपाली समन्वय विभाग
६३. पूर्वराष्ट्रसेवक कर्मचारी समन्वय विभाग
६४। विकास तथा पूर्वाधार विभाग
६५. सुशासन तथा अनुगमन विभाग
६६. विपद् व्यवस्थापन विभाग
६७. भूपू प्रहरी विभाग
६८. मुक्त समुदाय पुनस्र्थापना समन्वय विभाग
६९. तथ्यांक–अध्ययन विश्लेषण विभाग