च्याम्पियन्स ट्रफी अन्तर्गत बंगलादेश र पाकिस्तानबीचको खेल रद्ध
काठमाडौँ । च्याम्पियन्स ट्रफी अन्तर्गत बंगलादेश र पाकिस्तानबीचको खेल रद्ध भएको छ ।
पाकिस्तानको रावलपिन्डीमा हुनुपर्ने यो खेल बर्षाले खेल हुने अवस्था नभएपछि टस नै नभएर रद्ध गरिएको हो । खेल रद्ध भएपछि दुवै देशले एक एक अंक बाँडेका छन् । समुह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने परेको छैन ।
बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका थिए । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।