निर्देशक घिसिङले उर्जा मन्त्रालयमा बुझाए स्पष्टीकरण (पूर्णपाठ)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् ।
बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधेका कुलमानले बिहीबार आफ्नो स्पष्टीकरण बुझाएका हुन् । उनले स्पष्टीकरणमा मन्त्रालयले कुनै ठोस आधारबिना स्पष्टीकरण मागेको भन्दै आपत्ति जनाएका छन् । “कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?” उनले प्रतिप्रश्न गरेका छन्।
मन्त्रालयले किन र के आधारमा कारबाही अघि बढाउन खोजेको भन्ने विषय स्पष्ट नभएपछि घिसिङले त्यसबारे विधिसम्मत जवाफ दिएका छन् । यो घटनाले नेपाल विद्युत् प्राधिकरणभित्रको प्रशासनिक विवादलाई थप चर्काएको छ । गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए । घिसिङले आज मन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन् ।
कुलमानको स्पष्टीकरण पूर्णपाठ