नेपाल लाइफको ‘छुट्ला है छुट’ योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत नवीकरण बीमाशुल्क भुक्तानी नगरी १ सय ८० भन्दा धेरै दिन पार समय भएका बीमितहरूका लागि यो योजना ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस्ता बीमितहरूले १५ चैतदेखि आगामी १३ जेठसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा यो योजना सार्वजनिक गरिएको बताए । उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकका लागि सार्वजनिक गरिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *