जेष्ठ नागरिक ,बालबालिका युवाबिच पुस्तान्तरण सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न
भक्तपुर । सुर्यबिनायक नगरपालिका नगर कार्यसमितिको कार्यक्रम तथा जेष्ठ नागरिक ,बालबालिका युवाबिच पुस्तान्तरण सम्वन्धि एक दिने कार्यक्रम सुर्यबिनायक नगरपालिका वडा ३ का वडा अध्यक्ष दिपेन्द्र केसिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वडा सदस्यहरु घनश्याम भट्टराई ,जनक भण्डारी र हेमा दाहाल तथा जेष्ठ नागरिक समन्वय समिति ३ वडाका संयोजक बिश्वनाथ ढुङ्गेलको उपस्थिति रहेको थियो । सुर्यबिनायक नगरपालिका उपमेयर तथा प्रमुख अतिथि सुर्यबिनायक नगरपालिका जेष्ठ नागरिक समन्वय समितिका संयोजक सरिता भट्टराई तिमल्सिनाले कार्यक्रम उदघाटन गर्नु भएको थियो । नगरपालिकाले सुरु गर्न लागेको यो पहिलो चरणको कार्यक्रम भएकोले अब के कस्ता कार्यक्रम गरेर लाभान्वित हुन सकिने छ हामी यहाँहरुसगैँ छलफल गरेर दोस्रो चरणको लाभान्वित कार्यक्रम ल्याउछौं भनी आफ्ना भावना व्यक्त गर्नु भयो ।

जेष्ठ नागरिक समन्वय समिति सदस्यहरुमा संयोजक बिश्वनाथ ढुङ्गेल उप संयोजक नारायणकुमार गुरागाँई,सचिव शुभनाथ काफ्ले, सहसचिव पदम प्रसाद भण्डारी, कोषाध्यक्ष शुष्मा श्रेष्ठ, सदस्यहरु बिजय कुमार बस्नेत,सन्ध्या भट्टराई , कल्नाना गेलाल,जिवनाथ न्यौपाने र जेष्ठ सदस्य गणेशप्रसाद ढुङ्गेलको पनि उपस्थित रहेको थियो । कार्यक्रममा वडा सदस्य जनक भण्डारि र हेमा दाहाल खतिवडाले घर घरमा चेतना हुनु पर्दछ। आफ्नो घर कसरी सहज बनाउनेतर्फ लागेमा समाज त्यसै परीवर्तन हुन्छ । यसैबाट पुस्तान्तरण हुनपनि सकिनेछ भनी पुस्तान्तरण सम्वन्धि महत्वपूर्ण जिज्ञासाले उपस्थित सबैलाई स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम सञ्चालन सुर्यबिनायक नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट शर्मिला भण्डारीले गर्नु भएको थियो भने अन्य व्यवस्थापनमा वडासचिव शेषराज दाहालले गर्नु भएको थियो । त्यसैगरी सुर्यबिनायक नगरपालिकाबाट कर्मचारी दिपेश बिसुङखे र परिष्कृत दाहालले कार्यक्रम सञ्चालनमा परिचय तथा पुस्तान्तरण सम्बन्धि विभिन्न किसिमले जानकारी दिनुभएको थियो। त्यसैगरि मनोक्रान्ति बिषयकमा प्रशिक्षक कञ्चन घिमिरेले विभिन्न महत्वपूर्ण भावनाका ज्ञानहरुको बिषय चर्चा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा संयोजक ढुङ्गेलले यहाँहरु सबैलाई सक्दो सेवाभावले सहयोग गर्नेछु । वडा अध्यक्ष दिपेन्द्र केसीले यहाँहरु सबैलाई धैर्यताकासाथ कार्यक्रममा बसेर जे जस्तो सेवा लिनु भयो भन्दै सवैलाई धन्यवाद दिदैं कार्यक्रम समापन भएको थियो ।