दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा

काठमाडौँ । नेपालको अनलाइन सपिङ गन्तव्य दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरू प्राप्त गर्न सक्नेछन् । यो फागुन १९ देखि फागुन २३ सम्म चल्नेछ । क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्यास सेलमार्फत दैनिक रूपमा आकर्षक छुटहरूको लाभ लिन सक्नेछन् । यस अन्तर्गत, ग्राहकहरूले सेटाफिल, अईवीबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ ।

त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरूको अनुभव प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दाबी योग्यता र मापदण्ड अनुरूप हुनु पर्नेछ । ३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रूपमा निःशुल्क डेलिभरी सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकहरूले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका विक्रेताहरू बाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन् । निःशुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *