मेगा ड्रिम बहुउद्देश्यीय सहकारीमा सदस्यको अर्बौ बचत जोखिममा
काठमाण्डौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुले सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित नीजि व्यवसाय र जथाभावी लगानी गर्दा सदस्यहरुको बचत जोखिममा परेको छ । संस्थाका सञ्चालकहरुको मिलेमतोमा उनीहरुले सञ्चालन गरेको परियोजना र आफुखुशी ऋण लगानी गरेका कारण सदस्यहरुको बचत जोखिममा परेको हो । संस्थाका केही बचतकर्ताहरुको ६ महिना देखीको प्रयासबाट बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय ९ कानुन तथा फैसला शाखा० ले रजिष्ट्रार स्तरको निर्णयले बचत फिर्ता समन्वय समिति गठन गरिदिएको छ । समितिका संयोजक रहेका बिनोद शम्सेर कुवरले संस्थाले ऋण लगानी गरेको कागजपत्र तथा तमसुक हेर्ने क्रममा संस्थाका सञ्चालकहरुको मिलेमतोमा विभिन्न समयमा विभिन्न शिर्षकमा कर्जा लगानी भएको र कर्जा अपचलन भएकाले संस्थामा समस्या उत्पन्न भएको बताए । संस्थाको बचतलाई सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित सञ्चालक समितिको बदनियतपूर्ण निर्णयका साथ ठुलो रकम लिम्पिया नेशनल स्कुलमा लगानी गरेको पाइएको उनले जानकारी दिए । स्कुलका कोषाध्यक्ष तथा प्रिन्सिपल मदन राज रेग्मी,सञ्चालक समिति अध्यक्ष वासुदेव भट्ट,उपाध्यक्ष महाशंकर रेग्मी,सचिव इन्द्र प्रसाद गेलाल, सदस्यहरु उमाकान्त न्यौपाने, शेखर बस्नेत र रविन कुमार कार्कीको सामुहिक जमानीमा झन्डै १७ करोड रुपैयाँ लगानी भएको पाइएको छ । स्कुल दैनिक रुपमा सञ्चालन भए पनि हालसम्म १ रुपैयाँ पनि साँवा ब्याज भुक्तानी नभएको उनको भनाई छ । त्यसका साथै संस्थाको ठुलो रकम संस्थाका तत्कालिन अध्यक्ष महाप्रसाद रेग्मी आफैको २० प्रतिशत शेयर रहेको कम्पनी एस। डि।जि। ग्लोबल इम्पोर्टस् प्रा।लि। लाई २०७७ साल कार्तिक २ गते रेग्मी र कम्पनीका संचालक अमृता श्रेष्ठलाई २० करोड लगानी गरेको भए पनि उक्त ऋणको साँवा ब्याज अहिलेसम्म भुक्तानी भएको छैन । तर सम्बन्धित ऋणीले संस्थाको नाममा २५ करोड रुपैयाँको चेक संस्थालाई बुझाएको भएपनि तीन पटक बैंकमा दाखिला गराउँदा समेत खातामा प्रयाप्त रकम नभएकाले चेक वाउन्स गरिएको देखिन्छ । उक्त कम्पनीलाई कारवाहीको लागि सम्वन्धित निकायको ध्यान नगएकोमा उनको आपती छ । त्यसका साथै ठुला घर जग्गा व्यवसायीहरु गुरु प्रसाद तिमल्सिना र होम प्रसाद निरौला, नर बहादुर सिंह,सुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका हालका कोषाध्यक्ष नरिहरि प्रसाद उपाध्याय, उपाध्यायको पत्नि तथा भाईको नाममा करिब १८ करोड ऋण लगानी देखिएको छ । त्यसैगरी किशोर कायस्थ र उनको परिवारको नाममा ६ करोड, संस्थाका कोषाध्यक्ष रविन कुमार कार्की तथा कार्कीका दाजु भाउजुको नाममा १३ करोड,संस्थाका सञ्चालक समिति सदस्य शेखर बस्नेत, उनको पत्नि र भाईको नाममा करिब ५ करोडका साथै मिश्रव कृषि फार्म पा। लि।को नाममा २० करोड ऋण तमसुक रहेकोमा हाल ६ करोड बाँकी रहेको देखिएको छ । संस्थाका लेखा सुपरीवेक्षण समिति सदस्य प्रकाश घिमिरेको नाममा पनि करिव २ करोड विना धितो ऋण वदमासीपूर्ण तरिकाले लगानी गरेको समितिको भनाई छ । त्यसका साथै संस्थाका ठुला ऋणीहरु ध्रुव प्रसाद न्यौपाने,शम्भु थापा,शिव चौलागाई,ओम प्रकाश,भरत बहादुर कडायत,गणेश बहादुर चलाउने,कृष्ण बहादुर खत्री,खगेन्द्र लाल देव,कुल बहादर शाही , विष्णु बहादुर घिमिरे,सन्तोष राज भन्डारी लगायतका ऋणहरुले समयमा ऋणको साँवा ब्याज भुक्तानी नगर्दा पनि संस्था वित्तीय संकटमा परेको पाइएको छ । संस्थाका कर्मचारीहरु दिपक राज ओझा,दिपक वि।क।गुन्ज बहादुर शाही,अनिल थापा, अशोक जोशी,वकिल बहादुर शाहीले समेत कर्जा अपचलन र पदको दुरुपयोग गरी संस्थालाई हानी नोक्सानी पुन्याएको पाइएको छ । स साना कर्जा लगेका सदस्यहरुलाई फोन गरेर कर्जा भुक्तानीको लागि अनुरोध गर्दा संस्था बन्दा भए पश्चात पनि कर्मचारी सन्तोष गजुरेललाई रकम बुझाएको उक्त समितिले फेला पारेको छ । तर गजुरेलले उक्त रकमलाई संस्थामा दाखिला नगरेकाले समितिले कार्वाहीको माग गरेको छ । अब कर्जा भुक्तानी गर्दा सदस्य स्वंय संस्थामा उपस्थित भई बचत फिर्ता समन्वय समिति मार्फत भुक्तानी गर्न समेत आग्रह गरिएको छ । संस्थाले कुनै वैधानिकता विना लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थालाई समेत मर्जर गरेको र सो संस्थाका अध्यक्ष सहदेव तिमल्सिनाले समेत सञ्चालकसँगको मिलेमतोमा विना धितो ६ करोड ऋण लिएको पाइएको छ । संस्थाका सम्पूर्ण बचतकर्ताले समन्वय समितिलाई सहयोग गरी लक्ष्य प्राप्तिमा सघाउन उनको आग्रह छ । त्यसका साथै संस्थाबाट ऋण लिएका र ऋणीको जमानी बसेकाहरुले समेत ऋणको साँवा ब्याज भुक्तानी गरी सदस्यको बचत फिर्ता गर्ने वातावरण बनाउन सबैलाई कुवरको आग्रह छ ।