युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि अन्तिम टोली घोषणा

काठमाडौं । आगामी साता युगाण्डामा सुरू हुने महिला टी–२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप खेलेका थिए । मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी २०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ । नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३ –३ खेलको शृंखला खेलेको थियो । त्यसमा जितविहीन रहेको नेपाली महिला टोलीका लागि एक महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मौका जुरेको छ । नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *