सगुन सहकारीद्वारा बाल सदस्य भेलाको आयोजना
काठमाण्डौं । सगुन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बाल भेला २०८१ सम्पन्न भएको छ । १ सय १० जना बाल बचत कर्ताहरुको उपस्थितिमा मिठो खाने कुराको परिकार र रमाइला कार्यक्रम सहित बाल बचत कर्ताहरुको भेला सम्पन्न भएको हो । संस्थाको अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष राजकुमार उप्रेती र कोषाध्यक्ष मोक्तानले कार्यक्रमको औचित्य सहित स्वागत गरेका थिए । उक्त कार्यक्रममा बाल बालिकाहरुको लागी वित्तीय शिक्षा दिने उदेश्यले ‘सगुनको बचत यात्रा’भन्ने नाटक मञ्चन गरिएको थियो । उक्त नाटकको माध्यमबाट बचत किन गर्नुपर्दछ ? सगुनमा बाल बचत खाता खोल्दा के के फाईदा हुन्छ भन्ने बिषयमा जानकारी गराईएको थियो । उक्त अवरमा भएको बाल बालिकाहरुको रमाईलो नृत्य प्रतियोगितामा रिजु पोखरेल प्रथम, ईभान्स बाईवा द्धितिय , एन्जिला घिमिरे र मिनसाङ लामा तृतिय भएका थिए । रमाईलो म्युजिकल चियर प्रतियोगितामा आर बि थापा प्रथम, नारायणी बराल द्धितिय र श्रीजल खड्का तृतिय भएका थिए। बालबालिकाको रमाईलो चम्चा दौड प्रतियोगितामा पुरुष तर्फ प्रबित थापा प्रथम, कविर जंग थापाद्धितिय , शिश लुईटेल तृतिय र महिला तर्फ अनिशा कुमारी महतो प्रथम , एजलिन घिमिरेद्धितिय र एलिका कार्की तृतिय भएका थिए । रमाइलो घैला फोर प्रतियोगितामा र्सजल खड्का घैला फोड्न सफल भएका थिए । त्यसका साथै रमाईलो सामुहिक रुपमा बालिकाहरुको दोरी तान प्रतियोगिता र बालकहरुको दोरी तान प्रतियोगिता र सामुहिक रुपमा सामान्य ज्ञान प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको उदेश्य बालबालिकाहरुलाई बचत कार्यक्रममा सहभागिताको साथै बचत गर्ने बानीको निरन्तर बिकास गर्न उत्तप्रेरित गर्न रहेको संस्थाको अध्यक्ष केशव प्रसाद ढकालले बताए । त्यसैगरी कार्यक्रम संचालन सचिव बिनोद कार्कीले गरेका थिए । उक्त कार्यक्रममा संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक जय शंकर सिंह, संचालहरु हरि प्रसाद पुडासैनी, टिकाजंग थापा, मुखचन्द्र महतो , बाला कुमारी थापा खड्का तथा सल्लाहकार समिति सदस्य तारा पोखरेल, पुनमा पाख्रिन र संस्थाको प्रवन्धक रविन्द्र राना लगायतको सहभागिता रहेको थियो ।