स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप
काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको छ ।
आज (आइतबार) बिहान नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले डीएसपी पौडेलको टाउकोमा चोट लागेको जानकारी दिए । उनका अनुसार डीएसपी पौडेलको अहिले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको सङ्घर्ष समितिले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित झडप भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।