लाससँग बसेर हवाई यात्रा

एक दम्पतिले शवसँग बसेर हवाई यात्रा गर्नका लागि बाध्य पारेको आफ्नो त्रासदीपूर्ण कहानी सार्वजनिक गरेका छन् । अष्ट्रेलियाको मेलबर्नबाट दोहाका लागि उडेको कतार एयरवेजको १५ घण्टा लामो उडानमा एक महिला यात्रीको स्वास्थयमा अचानक समस्या आयो र उनको आकाशमै मृत्यु भयो । चालक दलका सदस्यले ती महिलाको ज्यान बँचाउने कोसिस गरेपनि असफल भए । त्यसपछि उनको शवलाई उनको सिटबाट निकालेर बिजनेस क्लासको छुट्टै स्थानमा लगेर राख्ने प्रयास भयो । तर महिलाको शरीर निकै भारी थियो । जसका कारण जहाजको साँघुरो गल्लीबाट उनको शवलाई अगाडि लैजान सम्भव भएन । सोही जहाजमा अष्ट्रेलियन दम्पत्ति माइकल रिङ्ग र जेनिफर कोलिन पनि चढेका थिए । उनीहरु इटालीको भेनिस जानका लागि यात्रा गरिरहेका थिए र उक्त जहाजको इटालीमा ट्रान्जिट थियो। उक्त दम्पतिको सिट छेउँमा दुई अतिरिक्त सिट खाली थिए । त्यसैले त्यहाँ उक्त शवलाई राख्नका लागि अर्को सिटमा सर्नका लागि चालक दलका सदस्यले माइकलसँग अनुरोध गरे । त्यो आपतकालीन परिस्थितिमा माइकलले दायाँबायाँ नसोँची हस् भनिहाले । तर त्यसपछि जे भयो, त्यो उनले सोँचेका पनि थिएनन् । चालक दलका सदस्यले महिलाको शव उनी पहिले बसेको सिटमा ल्याएर राखिदिए । त्यसपछि त चार घण्टासम्म माइकलले उक्त शवसँगै बसेर यात्रा गर्नुपर्‍यो । उनको उक्त त्रासदीपूर्ण यात्राको एउटा तस्वीर पनि सार्वजनिक भएको छ । जसमा माइकलले आफ्नो सिटअघिको स्क्रिन हेरिरहेको देखिन्छ भने उनको छेउँको सिटमा एक महिलाको शव राखिएको छ, जुन कम्बलले छोपिएको छ । जब सो जहा इटाली पुग्यो तबपनि उनीहरुलाई आफ्नै सिटमा बसिरहन भनियो ताकि शवलाई पहिले ओह्राल्न सकियोस् । त्यो आफ्नो जीवनको सबैभन्दा खराब अनुभव रहेको माइकल बताउँछन् । उक्त घटनाका विषयमा कतार एयरवेजले स्पष्टीकरण दिँदै उडानका क्रममा निधन भएकी महिला यात्रुका परिवारप्रति आफूहरुको समवेदना रहेको भन्दै अन्य यात्रीलाई परेको असुविधाका लागि खेद प्रकट गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *