नेप्से परिसूचकमा ३०.३६ अङ्कको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ ।
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अङ्कले घटेको हो । एक दशमलव ०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ ।
बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको कारोबार भएको छ ।