भूमि अध्यादेशबारे पछि निर्णय गर्नेगरी पाँचवटा अध्यादेश अघि बढाउने सहमति
काठमाडौं । सरकारले ल्याएका पाँचवटा अध्यादेश अघि बढाउने सहमति भएको छ । भूमि अध्यादेशबारे पछि निर्णय गर्नेगरी अरु अध्यादेश भोलि (बुधबार)को प्रतिनिधिसभा र बिहीबारको राष्ट्रियसभाबाट स्वीकृत गर्न सत्तासाझेदार सहमत भएको हो । भूमि सम्बन्धि अध्यादेशमा जे निर्णय गर्छौं ।
साझा ढंगले गर्छौं, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने, अरु पाँचवटा अध्यादेश बुधबार प्रतिनिधिसभा र बिहीबार राष्ट्रियसभाबाट स्वीकृत गर्नेगरी अघि बढ्न सहमति भएको छ । पाँचवटा अध्यादेश अघि बढाउने निर्णय उपेन्द्र यादवसहितको बैठकबाट भएको उनले जानकारी दिए । अध्यादेश माघ १८ गते सदनमा पेस भएको थियो । प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ ।