‘वर्तमान गठबन्धन जति रहन्छ माओवादीलाई फाइदा’
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस–एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन् ।
कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । पत्रकारले सरकार कति समयसम्म चल्छ भनेर सोधेको प्रश्नमा जवाफमा ‘प्रचण्ड’ले भने, ‘अहिले सरकारको आयु नतोकौँ ।
हामी भनिराखेका छौँ- बसिराखोस् यो सरकार जति बस्छ त्यति माओवादीलाई फाइदा हुन्छ ।’ तर, सरकारले ठिक काम भने नगरेको उनले बताए । सरकारले गरिरहेका कामहरू गलत रहेको र यो जनताले बुझिराखेको समेत उनले बताए ।