अमेरिकाबाट नेपाल फर्काएका ९ नेपालीमाथि अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका ९ जनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकाबाट चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओरालिएको थियो । उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएसँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको हो ।

प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करी भए,नभएको विषयमा नयाँ तथ्य खुल्न सक्ने जनाएको छ । ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुवँरले उनीहरूविरुद्ध अन्य कसैको उजुरी रहेकोरनरहेको पुष्टि गरेर छाडिने बताए । अमेरिका बस्न कुनै वैध कागजात नभएपछि अमेरिकाले उनीहरूलाई फिर्ता गरेको ब्युरोले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *