च्याम्पियन्स ट्रफीमा हारपछि स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट लिए सन्यास
काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको सेमिफाइनल हारपछि स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।
स्मिथ टेस्ट र टी-२० क्रिकेट भने खेलिरहने भएका छन् । ३५ वर्षीय स्मिथले भारतसँगको हारपछि आफ्ना टोलीका साथीहरूलाई आफुले एकदिवसीय क्रिकेट नखेल्ने जानकारी गराएका थिए । नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा च्याम्पियन्स ट्रफीमा स्मिथले अस्ट्रेलियन टिमको कप्तानी समेत गरेका थिए । सन्यास लिएसँगै अब स्मिथ २०२७ को विश्वकपको लागि अस्ट्रेलियाको टोलीको हिस्सा हुनेछैनन् ।
स्मिथले १७० एकदिवसीय खेल खेल्दै १२ शतक र ३५ अर्धशतकसहित ५८ सय रन बनाएका छन् । त्यस्तै उनले एकदिवसीय क्रिकेटमा २८ विकेट समेत लिएका छन् ।