पिपुल्स साकोसको १९ औं स्थापना दिवस

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले १९ औं स्थापना दिवस मनाएको छ । स्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा संस्थाका सल्लाहकार नवराज के.सी.बाट कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा आ.व.०८०।८१ मा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने सदस्यहरुलाई १० वटा विदामा ११ जना उत्कृष्ट सदस्य सम्मान गरिएको थियो । त्यसैगरी बनेपा–८, तीनदोबाटामा काभे्र रेडक्रस रक्तसंचार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको र महिला ५ जना र पुरुष १८ जना गरी जम्मा २३ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा संस्थाले सदस्य शिक्षा, वित्तीय साक्षरता एवं प्रविधि साक्षरता कार्यक्रम आयोेजना गरेको छ । कार्यक्रममा महिला १६ जना र पुरुष २५ जना गरी जम्मा ४१ जना सदस्य सहभागि रहेका थिए । उक्त साक्षरता कार्यक्रम सहायक सागर गौतमबाट सहभागिहरुलाई सहजिकरण गरिएको थियो भने प्रबन्धक नवराज सापकोटाबाट संस्थाको विविध जानकारी सहित सहकारी शिक्षा एवं वित्तीय साक्षरता प्रदान गरेका थिए । संस्थाले सोही अवसरमा ६ जना सदस्यलाई समवेदना राहत प्रदान गरेको छ । संस्थाको न्युनतम १० हजार बराबरको शेयर खरिद र नियमित बचत गरेका सदस्यहरुलाई उक्त कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप ५ हजार प्रदान गर्दै आएको छ । आ.व.०८१।०८२ को फागुन १५ गते सम्म प्राप्त विवरणका आधारमा राहत वितरण गरिएको थियो । संस्थाले १ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम हस्तान्तरण गरेको छ । यस योजनामा सहभागी हुनका लागि सदस्यले निरन्तर बचत खाता खोली मासिक न्यूनतम २ सय वा १ सयले भाग जाने रकम नियमित मासिक रुपमा जम्मा गर्दै जानुपर्ने हुन्छ ।

यस राहत कोषमा सहभागिताको लागि सदस्यको बचत खातामा कम्तिमा १५ हजार रहेको हुनुपर्दछ । संस्थामा सदस्यता अवधिभर सदस्य विरामी भई अस्पताल भर्ना गरी उपचार गराउँदा बढीमा एक पटकमा. १० हजार वा बिल बमोजिमको रकम भुक्तानी गरिने संस्थाले जनाएको छ । राहत कोषबाट उपलब्ध गराउने रकम (बढीमा ४ पटक गरी) २० हजार भन्दा बढी हुने छैन । अस्पतालमा भर्ना भई उपचार गराएको अग्रिम जानकारी संस्थामा गराउनु पर्ने र योजनामा आवद्ध हुने सदस्यको खाताबाट फिर्ता नहुने गरी सदस्य अवधि भर वार्षिक १ सय कट्टि गरी “स्वास्थ्य उपचार राहत कोष” मा जम्मा गरिने संस्थाले जनाएको छ । कार्यक्रममा स्वागत मन्तव्य संचालक कपिल प्रसाद दुलालले राखेका थिए । संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने माहनुभावहरुको सकृय उपस्थितीमा संस्थाको मुख्य कार्यालयमा स्थापना दिवस मनाइएको संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *