सर्बियाको संसद्मामा विपक्षी सांसदले प्रहार गरे धुँवा निस्किने ‘स्मोक ग्रिनेड’

काठमाडौं । सर्बियाको संसद्मामा विपक्षी सांसदहरूले संसदभित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल मच्चिएको छ ।

संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेको बीबीसीले जनाएको छ ।विपक्षीहरूले देशमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनको समर्थन गर्दै सरकारको विरोध गरेका थिए । विपक्षीहरूले विद्यार्थीहरूको आन्दोलनमा समर्थन गर्न खोज्दा संसद् भवनभित्रका सुरक्षाकर्मीसँग झडप भएको हो ।

झडपका क्रममा तीन जना सांसद घाइते भएका छन् । एक जनालाई हृदयाघात भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सर्बियामा ४ महिनाअघि एउटा रेल स्टेशनको छाना खसेर १५ जनाको ज्यान गएपछि विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले देशमा भ्रष्टाचार बढेको भन्दै सरकारको विरोध गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *