सुन चाँदीको मूल्य बढ्यो
काठमाण्डौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ६९ हजार ५ सय मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी दश रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४६ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ७२ रुपैयाँ कायम भएको छ ।