टीभीएस अपाचेले १ लाख सेलिब्रेशन डे मनाउँदै

काठमाडौं । नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीहरूका लागि ‘१ लाख सेलिब्रेशन डे’का रुपमा रोमाञ्चक कार्यक्रम ‘एक्सचेन्ज मेनिया’ को आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंको यूएन पार्कमा आयोजना गरिने यस विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ । कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समावेश गरिनेछन् । जस अन्तर्गत सहभागीहरुले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । यो विशेष इभेन्ट मार्फत इनफ्लुएन्सरहरू, भ्लगरहरू, र अपाचे प्रेमीहरू एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन् । यसले टीभीएस अपाचेको शक्ति र क्षमताको प्रदर्शन हुनेछ ।
फाल्गुन २३ देखि २६ सम्म आयोजना गरिने टीभीएस अपाचे ‘एक्सचेन्ज मेनिया’ बाइक प्रेमीहरूले आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर हो । यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै, ३१ हजारसम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । साथै, कार्यक्रम मार्फत एक्सचेन्ज मूल्याङ्कनमा १० हजार सम्मको मुल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधापनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अन्तर्गत ग्राहकले ७.९९प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दी मा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको ब्यवस्था पनि रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *