‘दिपल एस०५’ ले जित्यो ‘आईएफ डिजाइन अवार्ड’

काठमाडौं । नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी ‘दिपल एस०५’ ले प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ जितेको छ । दिपल एस०५ को इनोभेटिभ डिजाइन, कटिङ एज प्रविधि र दीर्घकालीनता प्रतिको प्रतिबद्धता मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डले सम्मान गरेको हो । दिपलको लोकप्रिय मोडेल एस०७ को सिब्लिङ एस०५ मा फ्युचरिस्टिक एस्थेटिक्स र अत्याधुनिक प्रविधि सम्मीश्रण छ । यसमा नयाँ ककपिट इन्टरेक्सन सिस्टम, स्लिक डिजाइन र उत्तरआधुनिक फिचर छन्, जसले ड्राइभिङ अनुभवलाई पुनर्परिभाषित गर्ने छ । स्टाइल, इन्टिलिजेन्स र इकोफ्रेन्ड्लीनेसलाई एस०५ ले नयाँ मापदण्ड स्थापित गर्ने छ । ‘इनोभेटिभ इन्टरेक्टिभ एक्सपिरियन्सले कारण दिपल एस०५ लाई अरूभन्दा उत्कृष्ट बनाएको छ । यसमा पावर सिस्टममा जोडिएको सेग्मेन्ट फस्ट अनबोर्ड पीटीजी क्यामेरा र डीएलपी प्रोजेक्सन हेडलाइट छ ।

यस्ता फिचरले एस०५ लाई इन्टिलिजेन्ट, इफिसेन्ट बनाएको छ,’ आईएफ डिजाइन अवार्डले आफ्नो वेबसाइटमा लेखेको छ । यो वर्ष आईएफ अवार्डका लागि ६६ देशबाट ११ हजार आवेदन आएका थिए । जर्मनीको ह्यामबर्गमा आयोजना भएको यो अवार्ड समारोहमा २३ देशकाका १ सय ३१ जुरीले मूल्यांकन गरेर विजेता घोषणा गरेको हो । पाँच महिनाअघि ग्लोबल लन्च गरिएको दिपल एस०५ ले चिनियाँ अटो बजारमा अहिले राम्रो चर्चा कमाइरहेको छ । केही सातामा थाइल्यान्डमा सार्वजनिक गरिने एस०५ अर्को महिना नेपाल ल्याउने तयारी एमएडब्लू वृद्धिले गरिरहेको छ । दिपलले डिजाइन र टेक्नोलोजीलाई प्राथमिकतामा राख्दै आएको छ । उसले हरेक वर्ष आफ्नो आम्दानीको १० प्रतिशत टेक्नोलोजिकल रिसर्च र डेभलपमेन्टमा खर्च गर्ने गरेको छ । आउँदो तीन वर्षमा दिपलले विश्वभरि ९ नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छ । हालसम्ममा दिपल चीनबाहेक दक्षिणपूर्वी एसिया, मध्य र दक्षिण अमेरिका, मध्यपूर्व, अफ्रिका र अस्ट्रेलियामा विस्तार भइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *